१६ आश्विन २०८१, बुधबार
,
Latest
टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो । महाशाखाले खानी विभाग  चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो । 

खानी विभाग चोकमा जडान गरेको ट्राफिक बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्याल तथा टुकुचामा जडान गरिएको बत्तीको एसएसपी भट्टराई र काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिदैँ आएको बताउनुभयो ।

“हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौँ, यसका लागि विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा एनसेलका सुरक्षा प्रमुख अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

उहाँले पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य श्रेष्ठले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई सबै तहबाट सहकार्य एवं सहयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा सहज यातायात र दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । महाशाखाको सक्रियतामा हाल उपत्यकाको मुख्य ३८ चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ । रासस