१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजको अग्रगामी रुपान्तरणका लागि सञ्चारकर्मीलाई मन्त्री कार्कीको आग्रह



अ+ अ-

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिद्वारा आज मन्त्रालयमा आयोजित शुभकामना कार्यक्रममा उहाँले सत्य, तथ्य र यथार्थपरक समाचर सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो । 

मन्त्री कार्कीले समाचारकै भरमा कसैलाई पनि आग्रह वा पूर्वाग्रह नराखी समान व्यवहार गनुृपर्ने उल्लेख गर्दै समृद्ध प्रदेश बनाउन र आम नागरिकले उच्चतम मौलिक अधिकार उपयोग गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनतालाई शान्ति सुरक्षाको सुनिश्चितता प्रदान गरी कसैलाई पनि अन्याय हुन नदिने बताउँदै उहाँले आफ्नो जिम्मेवारीलाई गहनपूर्वक पूरा गर्ने विश्वास दिलाउनुभयो । 

मन्त्री कार्कीले जनता र सरकारबीच पुलको काम गर्ने पत्रकारिता क्षेत्रले अझ जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । रासस