१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको ५ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ- महानिर्देशक क्षेत्री (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको छ । 
बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस ९प्राविधिक स्थिती० को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको हो ।

उहाँले अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो । महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताउनुभयो । उहाँले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले भन्नुभयो, ‘गौतम बुद्ध विमानस्थलको टेक्निकल स्टाटसमा अलमस्ट प्रक्रिया पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने केलिब्रेशन फ्लाइट, अबको एक महिना भित्र हामीले केलिब्रेशन फ्लाइट कम्प्लिट गर्छौं, त्यसको तीन महिना भित्र टेस्ट फ्लाइट, हाम्रो आन्तरिक गृहकार्य, गरेर र त्यो बीचमा हामीले अन्तर्राष्ट्रिय वायुसेवालाई तपाईहरु इन्ट्रेस्ट्रिङ हुनुहुन्छ भने तपाईहरुको सेड्यूल हामीलाई दिन्छौँ, रेडि फर अप्रेशन भनेर हामी आह्वान गर्दछौँ, जति नै ढिलो गर्यौं भनेपनि अबको ५ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ, कति वटा एयरलाइन्स आउँछ त्यो पछिको कुरा हो तर वि विल बी रेडी । कुशीनगर विमानस्थल र हाम्रोमा दाँज्न मिल्दैन, उनीहरुको आफ्नै श्रोतसाधन छ, समस्या छैन । आन्तरिक कलहमा अल्झिनु परेन । हाम्रो केसमा नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भयो, अब सबै प्रक्रिया लगभग कम्प्लिट भएको छ, थाइल्याण्डले केही दिनअघि एउटा चिठी पठाएको छ, कोरोनाको कारण आउन सकेनौँ, अरुसँग गर्दा पनि हुन्छ भनेको छ हामीले बोर्डमा राखेका छौँ, अहिले एरो थाइले पनि हामी पूर्व सहमतिअनुसार नै काम गर्छौं भनेको छ ।’

महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको बताउनुभयो । उहाँले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताउनुभयो । महानिर्देशक क्षेत्रीले युरोपियन युनियन ९इयू०ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट (कालोसूची)मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन योग्य बनाउने बताउनुभयो । महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क २ हजारबाट १ हजार २ सयमा झारेको बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले भन्नुभयो, ‘पोखरा इन्टरनेशनल एयरपोर्टको स्टाटस सिभिल एब्रेशनको पार्टबाट फिजिकल एन्फास्ट्रक्चर डेभलपमेण्टमा झन्डै ८० प्रतिशत भन्दा धेरै सकिसकेका छौँ, फाइनान्सियल ७० प्रतिशत बढी काम सकिसकेको छ, २० प्रतिशत अरुकामहरु जति नै ढिलो गरेपनि ६ महिनामा सकिन्छ, एउटा रिट्ठेपानी डाँडा, ल्याण्डफिल्ड साइटको कामले अड्काएको छ, एक वर्षमा सञ्चालनमा आउँछ, मेरो कार्यकालमा भैरहवा विमानस्थललाई सञ्चालन योग्य बनाउँछु, पोखरालाई एउटा ट्रयाकमा ल्याउँछु, इयूले ब्ल्याक लिस्टमा राखेको थियो अब हट्नेछौँ, त्यही अनुसार काम गरिरहेका छौँ।’

महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरेपनि काम नरोकिएको बताउनुभयो । केही असर गरेको छ, केही काम रोकिएका छन् तर काम अब सुचारु भइसकेको छ केही ढिला मात्रै भएको हो । पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने बताउनुभयो । उहाँले निजगढ विमानस्थलको काम पनि शुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने रु कुन मोडलमा गर्ने रु  भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताउनुभयो । महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भएपनि यो सम्भव नभएको बताउनुभयो ।