२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.53

Wind: 10.29

Humidity: 45

Latest
शिक्षक महासङ्घले फागुन २४ गतेदेखि आन्दोलन गर्ने, ३६ हजार बढी शिक्षक काठमाडौँमा उतार्ने यो अनौठो रूखले दुई प्रेमीहरूलाई जोड्छ जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या विवादमा परेका समय रैना डिप्रेशनमा ! विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरु युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन: मन्त्री खड्का सबै दलका लागि इतिहास लेख्ने अवसरः सुनिता बराल कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्‌मा रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजको गणतन्त्रले समाधान दिदैँन- एमाले सचिव ज्ञवाली



अ+ अ-

भक्तपुर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने बताउनुभएको छ । आज एमाले चाँगुनारायण– ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेका थिए तर काम गर्न खोजेको सरकारलाई जबरर्जस्ती रुपमा काम गर्न दिइएन, घेरान्दीमा पारियो र सरकारबाट बाहिर फालियो, जनताले यसलाई राम्रोसँग बुझेका छन् ।” तत्कालीन केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा विकास निर्माणदेखि राष्ट्रियता जोगाउने काम गरेको उहाँको भनाइ थियो ।

सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहदा बढ्दै गएको दाबी गर्नुभयो । ज्ञवालीले भन्नुभयो, “यतिखेर एमाले प्रतिपक्षमा छ, गतिशिल छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, यो आम जनताको विश्वासले हो ।” 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, वाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो ।