२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकप क्रिकेटः न्यूजील्याण्डको जितसँगै भारत दबाबमा



अ+ अ-

दुबईः मार्टिन गप्टिलको ९३ रनको मद्दतले टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा न्यूजील्याण्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

न्यूजील्याण्डले यो जितसँगै महत्वपूर्ण २ अंक बटुलेको छ । न्यूजीन्याण्डले तीन खेलबाट ४ अंक बनाएको छ र समूहको तेस्रो स्थानमा छ । पहिलो स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा अफगानिस्तान छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्याण्डले ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । न्यूजील्याण्डका लागि गप्टिल बाहेक ड्यारिल मिचेलले १३, कप्तान केन विलियम्सनले ०, डेभोन कन्वेले १, ग्लेन फिलिप्सले ३३, जेम्स निशमले १० तथा मिचेल सान्टनरले २ रन बनाएका थिए ।

जितका लागि १७३ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्डले राम्रो ब्याटिङ प्रस्तुत गरेको थियो, तर त्यो जितका लागि पर्याप्त भएन ।

स्कटल्यान्डका लागि माइकल लिस्कले अविजित ४२ रन बनाएका थिए । म्याथ्यु क्रसले २७ रन बनाए । उनले एडम मिल्नको एक ओभरमा लगातार पाँच चौका प्रहार गरेका थिए । स्कटल्यान्डका माथिल्लो क्रमका सबैजसो खेलाडीले राम्रो ब्याटिङ गरे पनि न्यूजील्याण्डले निरन्तर दबाब सिर्जना गरी नियमित अन्तरालमा विकेट लिएको थियो ।

यो हारसँग स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्डले कुनै पनि खेल नजितेका कारण अंक तालिकामा पुछारमा छ । उसले अझै दुई खेल खेल्न बाँकी छ ।

आजै साँझ भारत र अफगानिस्तानबीच खेल भइरहेको छ । भारतले यो समाचार तयार पार्दासम्म पहिले ब्याटिङ गर्दै ९ ओभरमा बिना क्षति ७४ रन बनाएको छ । क्रिजमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुल ३३ तथा रोहित शर्मा ४० रन बनाएर खेल्दैछन् । एजेन्सी

अंक तालिका

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया

 

 




भर्खरै