१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३.६६ अंकले गिरावट, शेयर कारोबार २ अर्ब ४९ करोड बढी



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । 

अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैँटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै पछिल्लो समय कारोबार रकममा समेत गिरावट आइरहेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी १.२४ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत, बैंकिङ्गको ०.२ प्रतिशत र होटल उपसमूहको ०.०५ प्रतिशत बढेको छ । तर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबै भन्दा बढी १.२४ प्रतिशतले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि  मैलुङ्ग खोला जलविद्यत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी  ७.८० प्रतिशत बढेको छ । त्यस्तै, सामलिङ्ग पावर कम्पनी र  नेपाल ल्यूब आयलको शेयरमूल्य ४ प्रतिशत बढेको छ । यता शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा बढी ७.११ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार  १५ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।