२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीकुल विद्यालयमा देउसी भैलो कार्यक्रम



अ+ अ-

ललितपुर । ललितपुरको भैँसेपाटीस्थित फुलबारी मार्गमा अवस्थित श्रीकुल माध्यमिक विद्यालयमा आज देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । उक्त विद्यालयका संरक्षक एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसालले प्रमुख अतिथिका रुपमा सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

विद्यार्थीहरुलाई तिहार पर्वका सांस्कृतिक तथा धार्मिक महत्वका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा उक्त विद्यिालयका विद्यार्थीहरुले देउसी भैलोका साथै काग पूजा, कुकूर पूजा, लक्ष्मी, गाइगोरु पूजा र भाइटीका गरेका थिए । त्यस देउसी भैलो कार्यक्रममा विद्यालयका अभिभावकहरु तथा ललितपुर महानगरपालिका वडा नं २५ का मदन महतलगायत स्थानीय समाजसेवीहरु पनि उपस्थित हुनुहुन्थ्यो । 


 
उक्त विद्यालयका प्रिन्सिपल शिवेन्द्र कार्की र भाइस प्रिन्सिपल सिंहराज थापाले विद्यार्थीहरुलाई तिहार पर्वका विविध सांस्कृतिक पक्षहरुका बारेमा जानकारी दिने र यस विषयमा उनीहरुलाई व्यवहारिक बनाउन सहयोग पुगोस भनेर यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।  
 




भर्खरै