४ असार २०८३, बिहीबार
,
Latest
सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायिक क्षेत्रको विवादको समाधान न्यायलयबाट नै खोज्नुपर्छ: नेकपा (एस) सचिव श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्ने बताउनुभएको छ । पार्टी निकट सङ्गठन, काठमाडौँ महानगरपालिका–२३ वडाले दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले न्यायिक आस्थाका धरोहरका रुपमा स्थापित न्यायलयबाट विवाद टुङ्गो लाग्न नसकेमा राजनीतिक प्रणालीमा नै असर पुग्ने बताउनुभयो । 

पार्टीका संसदीय विभाग प्रमुखसमेत रहनुभएका श्रेष्ठले (एमाले)ले कम्युनिष्ट आदर्शलाई कायम राख्न नसकेकाले आफूहरुले विद्रोह गरी नयाँ दल स्थापना गर्नुपरेको उल्लेख गर्दै कम्युनिष्ट विचारमा आवद्ध तथा सामाजिक न्याय र समानताका पक्षमा रहेका सम्पूर्ण नागरिकलाई नेकपा एकीकृत समाजवादीमा गोलबद्ध हुन आग्रह गर्नुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित हुनुभएका श्रेष्ठले मुलुकमा राजनीतिक स्थायित्व कायम राख्न गत निर्वाचनमा जनताले कम्युनिष्टलाई विश्वास गरेर करिब दुई तिहाई बहुमत दिएको स्मरण गर्दै तत्कालीन ओली सरकारले सत्ता बचाउनका लागि लोकतन्त्र र संविधानलाई नै धरापमा राखेर देश र जनतालाई धोका दिएको विचार व्यक्त गर्नुभयो । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले विभिन्न जाति समुदायले सजिएको मुलुकमा सबैका फरक संस्कृति, रीतिरिवाज तथा मौलिक चाडपर्व रहेको र तीनले मुलुकको गौरब बढाएको बताउनुभयो । 

पार्टीका केन्द्रीय सदस्यद्वय सागर थापा र रामेश्वर श्रेष्ठ, काठमाडौँ महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनले विविधताले भरिएको समाजमा सबै पर्वको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका वडा कमिटी अध्यक्ष शैलेन्द्र शाक्य, क्षेत्र नं ८ का संयोजक सुरेन्द्रहर्ष बज्राचार्यलगायतको उल्लेखनीय सहभागिता थियो ।




भर्खरै