१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

‘बी’ डिभिजन लिगः कुमारी र सामाजिक युथ क्लबको बराबरी, चर्च ब्वाईजको जित

‘बी’ डिभिजन लिगः कुमारी र सामाजिक युथ क्लबको बराबरी, चर्च ब्वाईजको जित
अ अ+ अ-

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अंक बाँड्दा चर्च ब्वाईजले लगातार दोस्रो जित निकालेको छ । 

एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको दिनको दोस्रो खेलमा श्री कुमारी र सामाजिक युथले ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो । सुरुआती अग्रता लिएको कुमारीले कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक–एक गोल गर्दा सामाजिक युथक लागि बसन्त बहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक–एक गोल आफ्नो नाममा लेखाएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा कुमारीले खेलको २९ औ मिनेटमा राज भुषालको गोलबाट अग्रता लिएको थियो । तर सामाजिक युथका बसन्त बहादुर रानाले ३७ औ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । ४४ औ मिनेट तथा ५१औं मिनेटमा सामाजिक युथका कृष्ण भण्डारीले गोल गर्दै ३–१ को अवस्थामा पु¥याए पनि बाँकी समयमा अग्रता कायम राख्न असफल रह्यो । तर ५९ औं र ७३औं मिनेटमा  क्रमश दिपेन मगर र लक्ष्मण मान थारुले गोल गर्दै श्री कुमारीलाई हारबाट जोगाए ।  यसँगै श्री कुमारीले लगातार दोस्रो बराबरी खेल्दै अंक बाँडेको छ भने सामाजिक युथले भने दुई खेलमा १ अंक जोडेको छ ।

बी डिभिजन फुटबल अन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा चर्चब्वाईजले खुमलटार युथ क्लबलाई २–० ले  स्तब्ध बनायो । यस जित सँगै चर्चब्वाईजले जारी लिगमा लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा ह्याट्रिक गरेका आशिषले खुमलटारविरुद्ध पनि उत्कृष्ट खेल प्रदर्शन गरे । स्पष्ट अंक दिलाउनका लागि आशिषले नै दुई गोल गरेका हुन । 

पहिलो हाफ गोलरहित रहेको खेलमा ५४ औं मिनेटमा गोल गर्दै आशिषले चर्च ब्वाईजलाई सुरुआती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाएसँगै चर्चले जित निश्चित गर्न सफल भयो । जितसँगै चर्च ब्वाईजले तालिकामा ६ अंक जोडेको छ । उता खुमलटारले पनि पहिलो हार भोगेको छ । यस अघि आफ्नो पहिलो खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटि)लाई ३–१ गोल अन्तरले हराउँदै लिगमा सुखद सुरुआत गरेको थियो ।

लिग अन्तर्गत दिनको तेस्रो खेलमा रानीपोखर कर्नर टिम (आरसिटी)ले मध्यपुर युथ एसोसियसनलाई २–० को गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको छ । पहिलो खेल गुमाएको आरसिटीलाई जित दिलाउन अमर डंगोलले पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको आरसिटीले दोस्रो हाफमा थप गोल गर्दै जित निश्चित गरेको थियो । ७६औं मिनेटमा सागर थारुले गोल गर्दै टोलकिो जित निश्चित गरेका थिए । यससँगै आरसिटीले तालिकामा स्पष्त तीन अंक जोडेको भने आफ्नो पहिलो खेलमा समाजिक युवा क्लबमाथि ५–२ को फराकिलो जित निकालेको मध्यपुरको पनि दुई खेलबाट समान ३ अंक नै छ ।  

१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन ।