१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुल्यो: उर्जामन्त्री भुसाल (भिडियो सहित)

छिमेकी देशहरुलाई विद्युत  बिक्रीको बाटो खुल्यो: उर्जामन्त्री भुसाल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं  । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताउनु भएको छ । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताउनुभएको हो । उहाँले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यपार दक्षिण एशियाकै पहिलो भएको बताउनुभयो । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘उर्जा व्यापार पहिलेदेखि नै शुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरिद गर्ने सहमति गरेर सप्लाइ शुरु भइसकेको छ, त्यसैले विद्युत व्यापारको शुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ,यस प्रकारको व्यापार दक्षिण एशियाके पहिलो हो, हामीकहाँ क्रमशः जलविद्युत उत्पादन हुँदै गइरहेको छ ।

आन्तरिक खपत पनि बढाउने आवश्यक्ता छ,त्यसको पनि अध्ययन र तयारीमा छौँ, तर हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्न सक्ने, पाउने नयाँ स्थितीमा पुगेका छौँ, यसले विद्युतको व्यापार मात्रै हुन्न, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनिकरण गर्ने भुमिका खेल्छ, भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षिय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युतले बिस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताउनुभयो । उहाँले नेपाल कृषिप्रदान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने बताउनुभयो । मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गर्नुभयो । उहाँले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युतको महशुल नै घटाएँ, अब घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत मात्रै हुनसक्छ, एलपी ग्याँस लगायतका उर्जा भन्दा यो सस्तो छ, त्यसैले होल डोमेस्टिक कन्जम्सनमा खास गरेर एलपी ग्याँस प्रयोग भएको छ, त्यसलाई बिस्थापित गर्नका निम्ति यसले मद्दत गर्नेछ, कृषिप्रदान देश तर हामी मौसममा भर पर्ने गरेका छौँ, सबै खेतीयोग्य जमीनमा सिँचाइ छैन, त्यसैले जहाँ खेतीयोग्य जमीन त्यहाँ सिँचाइ पुर्याउने नीति छ, सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर पनि हामी सिँचाइमा पुर्याउँदै छौँ र त्यसको निम्ति मैले विद्युत महशुल एकदमै न्यून गरेको छुI

क्रमशः यसलाई निःशुल्क बनाउने सोचमा रहेको जानकारी गराउँछु, यसले कृषिको उत्पादन र उत्पादकत्व पनि बढाउनेछ, विद्युतको खपत पनि हुनेछ र अहिले डिजेल, पेट्रोलबाट पम्पसेट चलाएर सिँचाइ गर्ने चलनलाई यसले बिस्थापित गर्नेछ, उद्योगले भनेजति जलविद्युत पाउनुभएको थिएन, अब हामी जसले जति माग्छ पर्याप्त दिन तयार छौँ, हामीकहाँ सञ्चालनमा रहेका, फुलपm्लेजमा चल्न पाउने,उर्जा खपत गर्ने खालका उद्योग छन् भने नयाँ ढंगले आउनका लागि अपील गर्दछु, हामीकहाँ सञ्चालनमा रहेका यातयातका साधनहरुलाई अब विद्युतिकरण गर्ने कुरा अर्को महत्वपूर्ण कुरा हो,अहिले विद्युतिय यातयातका साधनमा लागेको भन्सार दरलाई पनि न्युनिकरण गरेर अब खरिद गर्ने गाडी विद्युतिय गाडीलाई प्रोत्साहन दिने र तिनीहरुका निम्ति आवश्यक पर्ने चार्जिङ लगायतका भौतिक संरचना, छिटो भन्दा छिटो सरकारले बनाउने कुरामा विद्युतको एउटा ठूलो खपत यातायातमा हुनेछ, उद्योगमा हुनेछ, कृषि र सिँचाइमा हुनेछ, आन्तरिक खपतबाट अघि बढ्नेछ, यसले अन्तिममा पेट्रोलियम पदार्थ, एलपी ग्याँस लगायतलाई बिस्थापित गर्न सक्दा व्यापार घाटालाई सकारात्मक ढंगले सन्तुलनमा ल्याउने माध्यम बन्नेछ ।’  

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई बिस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताउनुभयो ।