९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिबाट चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ गरेको हो । 

पक्राउपर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजङ्ग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन् । 

यस्तै, चन्द्रागिरिकै ४१ वर्षीय शङ्कर थापा, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । 

पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । रासस