२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।   

एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभएको छ । 

मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । रासस




भर्खरै