२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपबाट भारत बाहिरियो, न्यूजील्यान्ड सेमिफाइनलमा प्रवेश



अ+ अ-

अबुधाबीः भारत  टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । न्यूजील्यान्डले समूहका अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेसँगै भारत प्रतियोगिताबाट बाहिरिएको हो ।

अबुधाबीमा पहिले टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको क्षतिमा १२४ रन मात्र बनाएको थियो । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ३, टिम साउदीले २, एडम मिल्न, जेम्स निशाम र ईश सोढीले समान एकएक विकेट लिएका थिए ।

अफगानिस्तानका लागि नजिबुल्लाह जड्रानले ७३ रनको महत्वपूर्ण योगदान दिएका थिए । तर प्रारम्भिक अघिल्लो पंक्तिका ब्याट्सम्यानहरु हजरतुल्लाह जजई २, मोहम्मद शहजाद ४, रमानुल्लाह नाइब १५ रन बनाएर आउट भएका थिए ।

कप्तान मोहम्मद नाबीले १४ रन बनाएका थिए । यो पराजयसँगै अफगानिस्तानले समूह चरणमा दुई खेल जितेर ४ अंक मात्र बनाएको छ ।

न्यूजील्यान्डले २ विकेट गुमाएर १२५ रन बनाएको थियो । न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ४०, डेभोन कोन्भोएले ३६, मार्टिन गप्टीले २८ तथा ड्यारिल मिचेलले १७ रन बनाएका थिए ।

प्रतियोगितामा न्यूजील्यान्डले ५ खेलबाट ८ अंक बनाएर समूहमा दोस्रो स्थान हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले ४ खेलबाट ४ अंक बनाएको छ र भोलि सोमबार नामिबियासँग अन्तिम खेल खेल्दैछ ।

अफगानिस्तानले न्यूजील्यान्डलाई पराजित गरेको अवस्थामा मात्र भारतको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना हुन्थ्यो, तर त्यसो भएन । लिग चरणमा भारत न्यूजील्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो ।

सेमिफाइनलमा न्यूजील्यान्ड र इङल्यान्ड तथा पाकिस्तान र अस्ट्रेलियाबीच खेल हुनेछ । एजेन्सी

अंक तालिका

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड पाकिस्तान १०
अस्ट्रेलिया न्यूजील्यान्ड
           
दक्षिण अफ्रिका भारत
श्रीलंका अफगानिस्तान
वेस्ट इन्डिज नामिबिया
बंगलादेश स्कटल्यान्ड




भर्खरै