१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

टिकटविनै जहाजमा मानिस पुगेकोबारे अध्ययन गर्न बनाएको समितिले बुझायो प्रतिवेदन

टिकटविनै जहाजमा मानिस पुगेकोबारे अध्ययन गर्न बनाएको समितिले बुझायो प्रतिवेदन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एअरलाइन्सको विमानमा पासपोर्ट र भिसाविना  एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाएको छ । 

 गृह मन्त्रालयमा आज समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन बुझाउनुभएको हो । फागुन ९ गते राति हवाईजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेका थिए । गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो । 

 समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य हुनुहुन्थ्यो । 

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो रु कसको कमजोरीले भएको हो रु पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाँणले बताउनुभयो । 

कोभिड–१९ को प्रकोप घटेको र व्यवस्थापन गर्न सरकार सफल भएको भन्दै अब अझै पर्यटकको आगमन बढ्ने भन्दै गृहमन्त्री खाँणले जति आगमन बढ्यो, त्यति सुरक्षा संवेदनशीलता बढ्ने भन्दै सचेत रहन सम्बन्धित निकाय चनाखो रहनुपर्ने बताउनुभयो । राष्ट्रको सुरक्षा सबैको मूल दायित्व भएको भन्दै अझ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा झनै संवेदनशील भएको बताउनुभयो । 

 प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पु¥याएर लिएको जानकारी तथा सिसी टिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । रासस