१७ कार्तिक २०८१, शनिबार
,
Latest
‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिश जिसीले लिए तीन विकेट, पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनलमा ‘द हङकङ सिक्सेस’: नेपालले अष्ट्रेलियालाई हरायो, प्रतिस एक्लैले लिए तीन विकेट जुम्लाको नदै गुफा : ओझेलमा परेपछि प्रवर्द्धन गरिँदै तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री नेपाल संवत् ११४५ प्रारम्भ, स्वागतमा विभिन्न कार्यक्रम गरिँदै पटका पड्काउनाले काठमाडौँमा वायु प्रदूषण बढ्यो नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति कात्तिक शुक्ल प्रतिपदा: नेपाल संवत् ११४५ प्रारम्भ भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता



अ+ अ-

खार्तुम । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ  । यहाँ गत महिना सैनिक कू भएको भनिएलगत्तै यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो । 

प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई यहाँका सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए । यहाँका सैनिक प्रमुख अब्देल फताह अद बुर्दानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको कुरा आइतबार बताउनुभएको छ । अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आफूले यहाँका राजनीतिक दलहरुलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको सो प्रतिनिधिमण्डलसँग बताउनुभएको थियो । 

अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उहाँलाई भेट्न आइतबार गएको थियो । अरब लिगले यसअघि पनि उहाँलाई सत्ता त्याग्न आग्रह गरेको थियो । आइतबार गएको सो प्रतिनिधिमण्डललाई उक्त कुरा बताएको महासचिव जाकीले जानकारी दिनुभएको हो । यहाँ सेनाले अहिलेसम्म केही प्रतिक्रिया नदिएपछि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । केही समययतादेखि यहाँ आन्दोलन जारी रहेको छ ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा असहज सम्बन्ध रही आएको बताइएको थियो । (रासस-सिन्ह्वा)