१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म्यान्चेस्टर डर्बी’मा सिटीसँग युनाइटेडको लज्जास्पद हार, आर्सनल शीर्ष चारमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले चीरप्रतिद्वन्द्धी म्यान्चेस्टर युनाइटेडविरुद्ध सानदार जित निकालेको छ । 

आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा सिटीले पाँचौं मिनेटमा नै केभिन डी ब्रुएनाको गोलबाट अग्रता लिएको थियो । 

तर, खेलको २२ औं मिनेटमा जेडन सान्चोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । यस्तै, २८ औं मिनेटमा केभिन डी ब्रुएनाले व्यत्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै सिटीलाई २-१ को स्थितीमा ल्याए । 

खेलमा ६८ औं र ९० औं मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए । 

जितसँगै शीर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ६ अंकको अग्रता बनाएको छ । सिटीको २८ खेलबाट ६९ अंक छ । यता, पराजित युनाइटेड २८ खेलबाट ४७ अंकसहित पाँचौं स्थानमा छ । 

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले वाटफोर्डलाई उसकै मैदानमा ३-२ गोलले पराजित गर्यो । 

खेलको पाँचौं मिनेटमा नै मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । तर, ११ औं मिनेटमा वाटफोर्डका कुचो हर्नान्डेजले गोल गर्दै वाटफर्डलाई १-१ को बराबरीमा ल्याए । 

खेलको ३० औं मिनेटमा बुकायो साकाले गोल गर्दै फेरि आर्सनलको अग्रता बनाए । ५२ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ३-१ को स्थितीमा ल्याए । यता, ८७ औं मिनेटमा मोउसा सिसोकोले गोल गरेपनि वाटफोर्डको हार टार्न सकेनन् । 

जितसँगै आर्सनल अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ४८ अंक छ । पराजित वाटफोर्ड भने २७ खेलबाट १९ अंकसहित १९ औं स्थानमा छ ।