१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग
अ अ+ अ-

तनहुँ I तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन् । 

कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ । “भीषण आगलागी नियन्त्रणका लागि सहयोग पु-याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै क्षतिको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी  एमाले तनहुँले पनि आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ । एमाले जिल्ला उपसचिव प्रदीपराज अधिकारीले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । 

आइतबार बिहान १० बजेदेखि लागेको आगो दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट करोडौँ क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगलागीबाट भूपाल हार्डवेयरको गोदाम पूर्णरुपमा क्षति भएको छ । त्यस्तै ज्योतिकुमार श्रेष्ठको तीनतले पक्की घरको पछाडि भाग आंशिक र गोदाम पूर्णरुपमा क्षति भएको छ । 

यसैगरी बलराम रानाको तीनतले पक्की घरको पछाडि एक साइड जलेर आंशिक, कृष्णबहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको दुई  सटर आंशिक, होमबहादुर गुरुङको तीन तले घरको पछाडि भागको झ्यालढोकालगायत गाह्रोमा क्षति, राममाया गुरुङको तीनतले पक्की घरको पछाडि भागको झ्यालढोकालगायतमा क्षति, लालबहादुर गुरुङको चारतले पक्की घरको पछाडिको भाग झ्याल ढोका जली आंशिकरुपमा क्षति भएको छ । 

यस्तै लिलबहादुर विकको दुईतले पक्की घरको पछाडिको झ्यालको चौकोस जली आंशिक क्षति, नवीन गुरुङको चारतले पक्की घरको पछाडिको झ्याल ढोका जली आंशिक, दीपककुमार श्रेष्ठको तीनतले पक्की घरको पछाडिको झ्यालको सिसा फुटेको वीरदेव धमेलको तीन तले पक्की घरको पछाडि झ्यालको चौकोस सामान्यरुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । रासस