१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौँ :  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनिबस्दै छ । शुक्रबार बाट सुरु भएको बैठक सनिबार र आइतबार बस्न नसके पछि आज बिहान ११ बजे पुन बस्ने गरी तोकिएको थियो ।

 ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पुष्पकमल दाहाल छनौट भएपनि पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत भएका छैनन् ।

पदाधिकारीका सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगित गरिएपनि नेताहरु बीच सहमति हुन सकेको छैन । यस बाहेक स्थानीय तहको निर्बाचन , एमसीसीका बारेमा पार्टीले गरेको निर्णयमा देखिएको असन्तुष्टि सहित   विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।