• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाडौँ :  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनिबस्दै छ । शुक्रबार बाट सुरु भएको बैठक सनिबार र आइतबार बस्न नसके पछि आज बिहान ११ बजे पुन बस्ने गरी तोकिएको थियो ।

 ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पुष्पकमल दाहाल छनौट भएपनि पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत भएका छैनन् ।

पदाधिकारीका सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगित गरिएपनि नेताहरु बीच सहमति हुन सकेको छैन । यस बाहेक स्थानीय तहको निर्बाचन , एमसीसीका बारेमा पार्टीले गरेको निर्णयमा देखिएको असन्तुष्टि सहित   विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।