काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनिबस्दै छ । शुक्रबार बाट सुरु भएको बैठक सनिबार र आइतबार बस्न नसके पछि आज बिहान ११ बजे पुन बस्ने गरी तोकिएको थियो ।
११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पुष्पकमल दाहाल छनौट भएपनि पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत भएका छैनन् ।
पदाधिकारीका सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगित गरिएपनि नेताहरु बीच सहमति हुन सकेको छैन । यस बाहेक स्थानीय तहको निर्बाचन , एमसीसीका बारेमा पार्टीले गरेको निर्णयमा देखिएको असन्तुष्टि सहित विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।