१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीद्वयसँग सहायक महासचिवको भेट



अ+ अ-

काठमाडौँ । नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । 

दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारे विचारविमर्श भएको थियो । मन्त्रीद्वयले नेपाली शान्ति सैन्यलाई कार्यक्षेत्रमा उच्च स्थानमा अवसर दिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले राष्ट्र सङ्घीय शान्ति सेनामा नेपालबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सहायक महासचिवले शान्ति सेनामा सहभागी भएर विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले निर्वाह गरेको योगदानको सराहना गर्नुभएको थियो ।