१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

देशव्यापी दौडधुपमा राप्रपा अध्यक्ष लिङ्देन

देशव्यापी दौडधुपमा राप्रपा अध्यक्ष लिङ्देन
अ अ+ अ-

काठमाडाैं।'लो प्रोफाइल' राजनीतिकर्मी राजेन्द्र लिङ्देन ०७४ को निर्वाचनमा कांग्रेसका स्थापित नेता, संविधानसभाको पहिलो बैठकमा गणतन्त्रका प्रस्तावक, पटकपटक वरिष्ठ मन्त्री रहिसकेका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर-३ मा पराजित गरि एकाएक चर्चामा आए । ०६४ को निर्वाचनमा सिटौलासंगको प्रतिस्पर्धामा त्यहि क्षेत्रमा पाँच सयको हाराहारीमा मत ल्याएका लिङ्देनले दश वर्षपछि पैंतालीस हजार बढी मत ल्याएर उनै प्रतिस्पर्धी सिटौलालाई एघार हजार मतान्तरमा पराजित गरे । कमल थापा नेतृत्वको राप्रपा नेपालका महामन्त्री रहेका लिङ्देन अधिकांश समय गृह जिल्ला झापा र झापाका गाउँ बस्तीमा केन्द्रीत रहे ।

स्थानीय तहमा आफ्नो निर्वाचन क्षेत्रका दुई गाउँपालिकामा राप्रपालाई बिजय दिलाउन सफल भएका लिङ्देनको चर्चा प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाको तर्फबाट एक्लो सांसदको रुपमा र सिटौलालाई पराजित गरेपछि राष्ट्रिय रुपमा हुन थाल्यो । लिङ्देनले सांसद निर्वाचित भएपछि संसदमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा समर्पित हुनेछु भन्ने अतिरिक्त सपथ गरेर आफ्नो अलग पहिचान दिए । तीन महिनाअघि मंसिरमा राप्रपाको महाधिवेशन चल्दै थियोे । लिङ्देनले अध्यक्ष पदमा उमेदवारी दिए । पार्टी, आन्दोलन र विचारको रक्षाका लागि नेतृत्वको पुस्तान्तरणको नारा अघि सारेका लिङ्देनलाई राप्रपाको आन्तरिक जनमत थियो तर पार्टी बाहिर रहेकाले पत्याएका थिएनन् किनकि उनको प्रतिस्पर्धी राप्रपाको स्थापनाकालदेखिका नेता, लिङ्देन समेतले नेता मानेका, पटकपटक मन्त्री, उपप्रधानमन्त्री रहिसकेका र लामो समय पार्टीको नेतृत्वमा रहेका कमल थापा थिए ।

तर आम अड्कलबाजीलाई चिर्दै लिङ्देनले कमल थापालाई पराजित गर्दै राप्रपाको अध्यक्ष पदमा निर्वाचित भए । सम्भ्रान्तहरु नेतृत्वमा रहने राप्रपाको पुरानो परम्परालाई तोड्दै सामान्य परिवारका लिङ्देन पार्टीको नेतृत्वमा निर्वाचित हुनु सामान्य परिघटना थिएन । झापामा सिटौला र काठमाडौंमा थापालाई पराजित गरेका लिङ्देन प्रति पार्टी भित्र र पार्टी बाहिर समेत समर्थन बढ्न थालेको छ । लिङ्देन अध्यक्ष पदमा निर्वाचित भइसकेपछि दिनहुँजसो दर्जनौं व्यक्तिहरु पार्टी प्रवेश गर्ने लहर चलेको छ । पार्टीको प्रदेश स्तरिय विस्तारित बैठक र आमसभालाई सम्बोधन गर्न पौषमा धनगढी, नवलपुर, जनकपुर, दाङ पुगेका लिङ्देनले हजारौंलाई राप्रपाको सदस्यता दिलाए । फागुनको १५ गते दिउँसो ३ बजेका लागि लिङ्देनले पार्टीको पदाधिकारी बैठक बोलाए, त्यसैदिन संसदमा एमसिसी अनुमोदन गर्ने कि नगर्ने भन्ने रस्साकस्सी चलिरहेको थियो । लिङ्देनले संसद भित्र र बाहिरको कोलाहलपूर्ण वातावरणमा, सिङ्गो देश र जनता एमसिसीलाई लिएर विभाजित भइरहेको अवस्थामा यथास्थितिमा एमसिसी अघि बढाउन नहुने भन्दै परिपक्व अभिव्यक्ति दिएर पदाधिकारी बैठकका लागि केन्द्रीय कार्यालय धुम्बाराही पुगे जहाँ डेढ घण्टादेखि पदाधिकारीहरु उनको प्रतिक्षामा थिए । पदाधिकारी बैठक पनि लिङ्देनले लम्ब्याउन सकेनन् किनकि उनी साँझ नेपालगन्ज पुग्नुपर्ने थियो ।

एमसिसी बारे पार्टीको धारणा संसदमा व्यक्त गरेकै थिए र राप्रपाको मत अनुमोदन वा अस्वीकृतका लागि निर्णायक पनि थिएन । पदाधिकारी बैठकको अनुमति लिएर एमसिसी बारेको मतदानका लागि उनी संसद भवन होइन त्रिभुवन विमानस्थल तिर लागे, साँझ नेपालगन्जमा पार्टी प्रवेशको कार्यक्रम थियो, भोलिपल्ट बिहानै कैलालीको सुक्खडमा आयोजित आमसभामा पुग्नुपर्ने थियो । अघिल्लो दिन सुक्खड र भोलिपल्ट महेन्द्रनगरमा राप्रपाले शानदार सभाहरु गर्‍यो र दुईवटा सभाहरुमा सत्र सय बढी सामाजिक राजनीतिक व्यक्तिहरु राप्रपा प्रवेश गरे । फागुन १८ र १९ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न गरि लिङ्देन अहिले झापा पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र र झापाका अन्य क्षेत्रमा साना ठूला सभामा सहभागी हुने लिङ्देन २५ गते झापाकै बुद्धशान्ति नगरपालिका र २६ गते मोरङको सुन्दरहरैचामा सम्बोधन गर्न पुग्नेछन् । फागुन २७ गते ललितपुरको चापागाँऊमा सभा सकेर लिङ्देन २८ गते सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेश स्तरीय विस्तारित वैठक र आमसभामा पुग्नेछन् । फागुन २९ गते बाँके र फागुन ३० गते बर्दियामा हुने आमसभालाई सम्बोधन गरेर लिङ्देन काठमाडौं फर्कनेछन् ।

लिङ्देन पुग्ने सभाहरुमा पार्टीका उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, महामन्त्रीहरु डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाहीले साथ दिइरहेका छन् । क्षेत्रगत र आवश्यकता अनुसार नेताहरू आमसभामा पुग्ने गरेका छन् । लिङ्देनले धनगढी, पोखरा र जनकपुरका सभामा निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीलाई साथ लिएर गए । पोखरा र नवलपुरका सभामा उपाध्यक्ष विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान, सुदुर पश्चिमको सभामा जयन्त चन्द, प्रवक्ता ज्ञानेन्द्र शाहीलाई साथ लिएर गएका लिङ्देनको सबैजसो सभामा महामन्त्री डा.धवल शमशेर राणा र भुवन पाठक पुग्ने गरेका छन् । महामन्त्री कुन्ती शाही पनि पूर्वी नेपाल र कर्णाली प्रदेशको सभामा सहभागी हुनेछिन् । आफूले नेतृत्व लिएको केही समयमा देश निर्वाचनको माहोलमा प्रवेश गरेकाले लिङ्देन दबाबमा छन् ।

निर्वाचनको मुखमा कमल थापा लाक्पा तामाङको पार्टीमा प्रवेश गरि नेतृत्व लिएकाले लिङ्देनको पार्टीबाट केही व्यक्ति जान सक्ने सम्भावनालाई दृष्टिगत गर्दै लिङ्देन क्षति न्युनीकरण तिर पनि लागेका छन् । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले थापाको नयाँ कदमले राप्रपालाई केही असर नपर्ने दाबी गर्छन् । राप्रपाका नेता कार्यकर्ताहरु विगतको कठिन दिनमा समेत एजेन्डाको पक्षमा दृढ रहेको, ठूला दलहरूको वर्चस्व रहँदा पनि पार्टीको नीति, विचार, सिद्धान्त प्रति प्रतिबद्ध र क्रियाशील रहेको हुँदा सिद्धान्तबाट विचलित हुनेहरुलाई देशभरका साथीहरूले साथ नदिने र साथ दिनुपर्ने कारण पनि नभएको श्रेष्ठ बताउँछन् । हामी परिणाममुखी हिसाबले अघि बढिरहेका छौं, हामीलाई एकाध जिल्ला र भातृ संगठन घोषणा गरेको उत्सव मनाएर अलमलिनु पर्ने अवस्था पनि छैन, प्रवक्ता श्रेष्ठ भन्छन्- "समयको दबाबमा छौं, हामीसँग समय कम छ र जित्नुपर्नेछ ।"

लिङ्देन राप्रपाको अध्यक्ष भएपछि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको ठूलो हिस्सा, मिशन नेपाल लगायतका समूह राप्रपामा समाहित भइसकेका छन् । स्वतन्त्र व्यक्ति, साना साना समूह दैनिक जसो राप्रपामा प्रवेश गरिरहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । "जनताको आकर्षणलाई शक्तिमा रुपान्तरण गर्ने हाम्रो मूल ध्यय छ र अध्यक्षको तुफानी दौडाहा यसैका लागि हो"-प्रवक्ता श्रेष्ठ भन्छन् ।