एजेन्सी । कोरोना महामारीले थलिएको बलिउड जगतलाई फिल्म ‘सूर्यवंशीले राहत दिएको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्दै दर्शकलाई हलमा फर्काएको छ ।
फिल्मले शुक्रबार २६.२९ करोड, शनिबार २३.८५ करोड, आइतबार २३.८५ र सोमबार १४.५१ करोड कलेक्शन गर्दै चारदिनमा ९१.५९ करोडको व्यापार गरेको छ । सो व्यापार भारतको मात्र रहेको छ ।
रोहित शेट्टीको निर्देशनमा बनेको फिल्ममा अक्षय कुमार र कटरिन कैफ प्रमुख भूमिकामा छन् भने अजय देवगन र रणवीर सिंह गेस्ट भूमिकामा छन् ।