१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा सालिक अनावरण कार्यक्रममा तनाब , बजार क्षेत्रमा निषेधाज्ञा लगाइयो



अ+ अ-

सिन्धुली । बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण स्थगित भएपछि आज (बुधबार) बिहानैदेखि तनावग्रस्त बनेको सदरमुकाम सिन्धुलीमाडी अहिले भने केही साम्य बनेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा बाल उद्यान पार्कमा रहेको सालिक अनावरण कार्यक्रम स्थगित गर्ने र सिन्धुलीगढी विजयोत्सवमा गठबन्धनले अवरोध नगर्ने सहमति भएपछि विवादले उग्र रुप लिएको हो । 

झडप हुन सक्ने भन्दै त्यसलाई रोक्नका लागि स्थानीय प्रशासनले बाल उद्यान पार्क क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको छ । 

बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी  गर्दै स्टल बजार, जुनार चोक, बसपार्क, ग्वाङखोला पुल, हस्पिटल रोडभित्रका क्षेत्रमा कुनै पनि सभा जुलुस तथा हिँडडुल गर्न रोक लगाइएको छ ।

सालिक अनावरण र सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिमा एमाले महासचिव ईश्वर पोखरेललाई कमलामाई नगरपालिकाले बोलाएपछि विरोध जनाउँदै सत्तारुढ गठबन्धनले पार्कमा ताला लगाएका थिए ।