१४ असार २०८३, आईतवार
,
Latest
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा सालिक अनावरण कार्यक्रममा तनाब , बजार क्षेत्रमा निषेधाज्ञा लगाइयो



अ+ अ-

सिन्धुली । बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण स्थगित भएपछि आज (बुधबार) बिहानैदेखि तनावग्रस्त बनेको सदरमुकाम सिन्धुलीमाडी अहिले भने केही साम्य बनेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा बाल उद्यान पार्कमा रहेको सालिक अनावरण कार्यक्रम स्थगित गर्ने र सिन्धुलीगढी विजयोत्सवमा गठबन्धनले अवरोध नगर्ने सहमति भएपछि विवादले उग्र रुप लिएको हो । 

झडप हुन सक्ने भन्दै त्यसलाई रोक्नका लागि स्थानीय प्रशासनले बाल उद्यान पार्क क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको छ । 

बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी  गर्दै स्टल बजार, जुनार चोक, बसपार्क, ग्वाङखोला पुल, हस्पिटल रोडभित्रका क्षेत्रमा कुनै पनि सभा जुलुस तथा हिँडडुल गर्न रोक लगाइएको छ ।

सालिक अनावरण र सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिमा एमाले महासचिव ईश्वर पोखरेललाई कमलामाई नगरपालिकाले बोलाएपछि विरोध जनाउँदै सत्तारुढ गठबन्धनले पार्कमा ताला लगाएका थिए ।