३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या



अ+ अ-

आदेन । यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ । आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । 

उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती महिला पत्रकार र उनका शिशुको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् । उनीहरुको यात्राका क्रममा गुडिरहेको कारमा नै बम विस्फोट गराइएको थियो । उनका श्रीमान् पनि पत्रकार हुन् ।

बम विस्फोटबाट महिला पत्रकार रासा अब्दुल्लाह र उनका नजजात शिशुको ज्यान गएको छ भने उनका श्रीमान् सख्त घाइते भएका छन् ।घाइते श्रीमानको अवस्था पनि गम्भीर रहेको ती सुरक्षा अधिकारीले जनाएका छन् । उनी एक स्थानीय टेलिभिजनका पत्रकार हुन् । यहाँको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रुपमा गरिएको अनुुसन्धानबाट उनीहरुको रोकी राखेको कारमा बम राखेको र पछि कार गुडेपछि रिमोर्ट कन्ट्रोलको सहायताले विस्फोट गराएको अनुमान गरिएको छ । 

यस विस्फोटको जिम्मा अहिलेसम्म कुनै व्यक्ति या समूहले लिएको छैन । प्रहरीले हत्याराहरुको खोजी गरिरहेको बताएको छ । प्रहरीले यसमा आतंककारी समूहको हात रहेको अनुमान गरेको छ । (रासस-सिन्ह्वा)