• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको सम्मान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित हुनु भएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधवार उहाँलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । शर्मा भारत भ्रमणमा रहनुभएको छ ।

शर्मालाई राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो सम्मान प्रदान गर्नुभएको हो । नेपाली सेनाको नेतृत्व समालेपछि शर्माको यो पहिलो विदेश भ्रमण रहेको छ । 

सन् १९५० देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखको बीचमा मानार्थ महारथीको सम्मान दिन प्रचलन रहिआएको छ । शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने १५ औं सेनापति हुनुहुन्छ ।