६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या



अ+ अ-

दमासकस । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।

बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ । त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् । घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।

सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ । (रासस-सिन्ह्वा)