७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास मन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास (भिडियोसहित)



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।

सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । उहाँले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिनुभयो । मन्त्री झाँक्रीले मन्त्रालय र भवन नर्मिाण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले सिंहदरवारभित्र नै नेपाली सेनाको व्याण्ड दलको लागि भवन निर्माण गर्ने कुरा जग्गा प्राप्तीको अभावका कारण सफल नभएको र जग्गा प्राप्ति गर्ने काम भइरहेको बताउनु भयो । देश सञ्चालन हुने केन्द्र सिंहदरवारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाइ काम गर्न आग्रह गर्नुभयो ।

मन्त्री झाँत्रीले भन्नुभयो, ‘भवन निर्माण विभाग, हाम्रो शहरी विकास मन्त्रालय काम गर्ने सिंहदरवारको साइट र कन्ट्याक्टरको अवस्था हेर्दा उहाँहरुले यो काम हमीले अवार्ड गरेको, दिएको दायित्व र समयभन्दा अगाडि सक्नुहुन्छ भन्ने विश्वास छ । त्यसका लागि हामीले हाम्रोतर्फबाट के गर्नुपर्छ सहयोग गरी नै रहन्छौँ ।काम अन टाइम सक्नको लागि मैले अनुुरोध गरेँ । काम शुरु गर्नलाई टाइम लागेपनि शुरु भएपछि समय अगावै सक्ने लक्ष्यबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ । हामीले अर्को व्याण्ड दलको लागि पनि भवन बनाउने प्रतिवद्धता छ । त्यसको लागि जग्गा प्राप्ति अभाव भएकोले अहिले काम ढिलो भएको छ र दुई, तीन वटा ठाउँ हेरेका छौँ ।त्यसको जग्गा प्राप्तिको प्रक्रिया बाँकी भएकोले हो । सिंहदरवारभित्र सबै क्रसकटिङ इन्टीटीहरु एकै ठाउँ भएको आयोजना पनि ढिलोढालो भयो भने हाम्रो क्षमता, हाम्रो पर्फमेन्समाथि प्रश्न उठ्नेछ ।’

सिंहदरबार भित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको र निर्माण अवधि २ वर्ष रहेको छ । कुल क्षेत्रफल एक लाख वर्गफिटमा बन्न लागेका दुई भवनमा ७०२ जना जवान रहनसक्ने गरेर डिजाइन गरिएको छ । त्यस्तै भवन परिसरमा ४ वटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्ड समेत बनाइनेछ ।  कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ ।