१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

शहरी विकास मन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास (भिडियोसहित)

शहरी विकास मन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।

सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । उहाँले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिनुभयो । मन्त्री झाँक्रीले मन्त्रालय र भवन नर्मिाण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले सिंहदरवारभित्र नै नेपाली सेनाको व्याण्ड दलको लागि भवन निर्माण गर्ने कुरा जग्गा प्राप्तीको अभावका कारण सफल नभएको र जग्गा प्राप्ति गर्ने काम भइरहेको बताउनु भयो । देश सञ्चालन हुने केन्द्र सिंहदरवारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाइ काम गर्न आग्रह गर्नुभयो ।

मन्त्री झाँत्रीले भन्नुभयो, ‘भवन निर्माण विभाग, हाम्रो शहरी विकास मन्त्रालय काम गर्ने सिंहदरवारको साइट र कन्ट्याक्टरको अवस्था हेर्दा उहाँहरुले यो काम हमीले अवार्ड गरेको, दिएको दायित्व र समयभन्दा अगाडि सक्नुहुन्छ भन्ने विश्वास छ । त्यसका लागि हामीले हाम्रोतर्फबाट के गर्नुपर्छ सहयोग गरी नै रहन्छौँ ।काम अन टाइम सक्नको लागि मैले अनुुरोध गरेँ । काम शुरु गर्नलाई टाइम लागेपनि शुरु भएपछि समय अगावै सक्ने लक्ष्यबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ । हामीले अर्को व्याण्ड दलको लागि पनि भवन बनाउने प्रतिवद्धता छ । त्यसको लागि जग्गा प्राप्ति अभाव भएकोले अहिले काम ढिलो भएको छ र दुई, तीन वटा ठाउँ हेरेका छौँ ।त्यसको जग्गा प्राप्तिको प्रक्रिया बाँकी भएकोले हो । सिंहदरवारभित्र सबै क्रसकटिङ इन्टीटीहरु एकै ठाउँ भएको आयोजना पनि ढिलोढालो भयो भने हाम्रो क्षमता, हाम्रो पर्फमेन्समाथि प्रश्न उठ्नेछ ।’

सिंहदरबार भित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको र निर्माण अवधि २ वर्ष रहेको छ । कुल क्षेत्रफल एक लाख वर्गफिटमा बन्न लागेका दुई भवनमा ७०२ जना जवान रहनसक्ने गरेर डिजाइन गरिएको छ । त्यस्तै भवन परिसरमा ४ वटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्ड समेत बनाइनेछ ।  कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ ।