८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट साढे दुई करोडको केरा आयात



file
अ+ अ-

काठमाडौं । पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् । तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको टीकापुरमा फलाइएको केरा भने खेर गएको छ ।

भारतबाट केरा आयात हुँदा कैलालीको केरा किन काठमाडौं आएन त रु कैलालीको केरा किन कुहिने अवस्था आयो त रु नेपाल फलपूmल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँको स्पष्ट जवाफ छ, ढुवानीको समस्या । बानियाँ भन्छन्, कैलालीको टिकापुरमा उत्पादन भएको केरा समयमै काठमाडौं पु¥याउन नसक्दा भारतबाट २ करोड ५० लाख मूल्यको केरा आयात गर्नुप¥यो ।’

बानियाँका अनुसार, टीकापुरबाट काठमाडौंमा सामान ल्याउन भारतभन्दा धेरै समय लाग्छ । भारतको सामान काठमाडौं ल्याउन दुई दिन लाग्छ । तर, टीकापुरबाट काठमाडौं पु¥याउन दुई दिनभन्दा बढी लाग्छ । बाटोमै धेरै समय लाग्ने हुँदा कुहिनेलगायतका कारण भारतकै केरा रोजाइमा पर्न गयो । ‘उत्पादन भएर पनि बजारीकरण गर्न ढुवानीको समस्या छ । कैलालीमा उत्पादित केराले यो समस्या भोगिरहेको छ,’ बानियाँले भने ।

ढुवानी मात्रै होइन, नेपाली उत्पादनमा ग्रेडिङ गर्ने प्रणाली पनि छैन । ग्रेडिङ नहुँदा पनि धेरै सामान कुहिने गर्छ । ग्रेडिङ राम्रो नहुँदा किसान र व्यापारी दुवैलाई नोक्सानी हुन्छ । ‘सामान ढुवानीमा सहजता र राम्रो ग्रेडिङ गेरर सामान बजारमा पठाउने हो भने भारतबाट केरा आयात गर्नुपर्ने अवस्था नै छैन, नेपालमै उत्पादित केरा राम्रो छ, ढुवानीमा असहजता र ग्रेडिङको अभावमा नेपाली किसानको केरा खेतमै कुहिने अवस्था छ,’ अध्यक्ष बानियाँ भन्छन् ।

उनले यो वर्ष ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत आयात गरेर तिहारका लागि आवश्यक मागलाई आपूर्ति गरेको बताए ।

त्यस्तै, यो वर्षको तिहारमा मात्रै ३ करोड रुपैयाँबराबरको सुन्तला भारतबाट आयात गरिएको छ । नेपालमै सुन्तलाको उत्पादन पर्याप्त हुने भए पनि नेपाली सुन्तला पाकी नसकेकाले भारतबाट आयात गरिएको हो । नेपाली सुन्तलाको तुलनामा भारतीय सुन्तला स्वादिलो हुँदैन ।

नेपाल फलपूmल थोक व्यवसायी संघका अध्यक्ष बानियाँले अनार करिब १ करोड रुपैयाँ र मेवा करिब १ करोड रुपैयाँको आयात भएको बताए । उनले चीनको नाका बन्द हुँदा यसपटक स्याउ धेरै महँगो भएको बताए । राजधानी दैनिक




भर्खरै