३१ श्रावण २०८३, आईतवार
,
Latest
‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे र विष्णुमणि अधिकारी भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा सत्ता साझेदार दलले गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । 

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत रहेका घिमिरे पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । अध्यक्ष पदका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेललाई पनि दाबेदार मानिएका थियो ।

बारको महासचिव पदका लागि अङ्किता खनाललाई उम्मेदवार बनाउने सहमति भएको बताइएको छ । 

यसैगरी प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) का तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र महासचिवमा केदार कोइरालाले उम्मेदवारी दिने तय भएको छ । उम्मेदवारी दर्ताको समय आज ३ बजेसम्मका लागि तोकेको छ । 

नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने अधिवेशनका लागि सत्ता साझेदार दलमध्ये तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मोर्चाबन्दी गरेर उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस निकट मानिएका कानून व्यवसायीलाई अध्यक्ष, माओवादी केन्द्र निकटलाई महासचिव र एकीकृत समाजवादी निकट कानून व्यवसायीलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिनेगरी सहमति भएको बुझिएको छ