३० भाद्र २०८३, मंगलवार
,
Latest
धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनले नेपाली ढाकाटोपी पहिरिएपछि…



अ+ अ-

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले नेपालप्रति सद्भाव र स्नेह देखाउँदै आएका छन् ।

फेरि एकपटक अमिताभले नेपाल र नेपालीप्रति स्नेह दर्शाएका छन् । गएराति अमिताभले इन्स्टाग्राममा नेपाली ढाकाटोपी लगाएको तस्बिर सेयर गरेका छन् । ‘केटीको केटीको’ क्याप्सनसहित उनले नृत्य गर्न लागेको तस्वीर सेयर गरेका हुन् ।

भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अमिताभले फिल्मबारे भने खुलाएका छैनन् ।

केही महिना पहिले नेपालमै सुटिङ भएको यो फिल्मको बाँकी छायांकन नेपालीभाषी बहुल उत्तराखण्डमा छायांकन भइरहेको छ । 

अमिताभ स्वास्थ्य अवस्थाको कारण नेपाल आउन सकेका थिएनन् । सुरज वर्जत्यको निर्देशन रहेको यो फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणीती चोपडा लगायतको अभिनय छ ।