१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूधकोसीमा सुक्खा पहिरो



अ+ अ-

ओखलढुङ्गा । दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो ।

दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।

एक साताअघिसम्म भीषणरूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन । पहिराबाट झरेको ढुङ्गा, माटो सिधै दूधकोसीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही मात्रामा रोकिएको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको थियो । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुलगाउँसम्म आइपुग्ने गरेको छ । 

पहिराका कारण मानेभन्ज्याङ गाउँपालिका–६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिराको शीरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

पहिराबाट झरेको ढुङ्गा, माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताउनुभयो । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जङ्गल पसेर बग्न थालेको छ । यो ठाउँमा पहिले पहिरो खासै नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको अनुमान गरिएको छ । रासस