१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं १ का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले राष्ट्रपतिसमक्ष शपथ लिनु भएको हो । 

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा लगायत उपस्थित हुनुहुन्थ्यो ।

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकले अधिकारी, कलौनी र यादवलाइ पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति समक्ष नयाँ नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नवनियुक्त प्रदेश प्रमुखहरू सत्ता गठबन्धनका प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को सिफारिसमा भएका हुन् ।