१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत पाण्डेयको उम्मेदवारी



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता अमृत पाण्डेयले आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई प्रदेश प्रतिनिधिको रुपमा उभ्याउने भएका छन् ।

उनले गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र नं २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधिका रुपलाई पाण्डेयले उम्मेद्वारी घोषणा गरेका हुन्। विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहि सक्रिय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय संघको विभिन्न तहमा काम गरिसकेका छन् ।

त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गाबिसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन् । लामो समय पत्रकारितामा सक्रिय रहेका उनी सबल नेपाल मिडिया प्रा ली का अध्यक्ष समेत हुन्  ।

उनले मुलुक संघीयतामा गए सगै पार्टी पनि संघीयताको अभ्यासमा गइसकेकोले प्रदेश स्तरमा पनि कांग्रेसको बलियो व्यवस्थापनको आवश्यकता खड्किएको बताए ।

‘पार्टी पुरानै अवस्थाबाट अगाडि बढ्न सक्दैन, हाम्रो पुराना अभ्यास, अगाडिका अग्रजको सम्मानको साथै पार्टीमा नयां प्रयोगको लागि पनि हाम्रो सक्रियता जरुरी भएकोले मैले उम्मेदवारी घोषणा गरको हु’ उनले भने, ‘मैले पार्टीको लागि कुनै न कुनै तरिकाबाट पुराएको योगदानको मूल्यांकन गर्दै पार्टीमा भूमिका निभाउन थप जिम्मेवारी पाउने छु भन्ने अपेक्षामा छु ।’

स्पष्ट वक्ता, गण्डकी क्षेत्रमा लोकप्रिय र मिलनसार पाण्डेय कांग्रेसको केन्द्रीय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउन सक्षम छन ्।