४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीले गरे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन संवाद



अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग करिब ३५ मिनेट कुराकानी गरेका थिए । 

दुई नेताबीच युक्रेनको वर्तमान अवस्थाबारे छलफल भएको थियो । 

प्रधानमन्त्री मोदीले रुस र युक्रेनबीच निरन्तर वार्ताको प्रयासको पनि प्रशंसा गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । 

जेलेन्स्कीपछि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुराकानी गर्ने बताइएको छ । 

जेलेन्स्कीसँगको कुराकानीको क्रममा, मोदीले युक्रेनमा फसेका भारतीयहरूलाई सुरक्षित रूपमा उद्धार गर्न युक्रेनी सरकारलाई सहयोग गरेकोमा जेलेन्स्कीलाई धन्यवाद दिएका थिए । 

यस्तै, सुमीमा फसेका भारतीय विद्यार्थीको उद्धारको प्रयासमा युक्रेन सरकारको सहयोग जारी रहने प्रधानमन्त्री मोदीले आशा व्यक्त गरेका छन् ।