१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो ।  

जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

उनीहरुलाई भीमबहादुरको हत्या असोज २८ गते भएको कुटपिट गरी हत्या गरेको आरोप थियो । भरतपुर–४ दुर्गाचोक नजिक दुर्गा मन्दिरअगाडि कुटपिटपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अन्ठाउन्न वर्षीय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेका बस्नेत र श्रेष्ठलाई आवेश प्रेरित ज्यान मुद्दा दर्ता भएको थियो ।

आचार्यका अनुसार उनीहरुलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा  १८९ को उपदफा १ को ग कसुरको अपराधमा १५ वर्ष कैद र रु एक लाख जरिवाना माग दाबी गरिएको थियो । आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि विकको शव अझै उठ्न सकेको छैन । दलित अभियानकर्मीहरूले जातीयताका आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् । रासस