१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको सचिवालयमा हेरफेर, स्वकीय सचिवमा रमेश मल्ल नियुक्त



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर गरिएको छ । 

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई माओवादीको लुम्बिनी प्रदेश सहइन्चार्जको जिम्मेवारी दिँदै  रमेश मल्ललाई प्रचण्डको स्वकीय सचिव नियुक्त गरिएको छ । 

मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । यस्तै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरको नेतृत्वमा ल्याउने तयारी गर्दै जिम्मेवारीबाट हटाएको छ ।