१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः टिकटको मूल्य साधारणतर्फ १०० तथा भीआइपीतर्फ ५०० निर्धारण



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । 

आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

लिगको उद्घाटन खेल आगामी मङ्सिर ३ गते नव प्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिनुभयो । लिग निर्देशक सञ्जीव मिश्रले सामूहिकरुपमा क्लब राजी भए केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताउनुभयो । 

लिगमा १४ टोलीको सहभागिता रहनेछ । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सातदोबाटो क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रि स्टार क्लब, एनआरटी क्लब, फ्रेन्डस क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।  अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग विजेता टोलीले रु ७५ लाख र उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्नेछ ।