१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

माओवादीका तीन नेताले एमसीसीमा राखेको फरक मत: (पत्रसहित)

माओवादीका तीन नेताले एमसीसीमा राखेको फरक मत: (पत्रसहित)
अ अ+ अ-

काठमाडौँ । यही फागुन १५ गते अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको छ । सत्ता साझेदार दलमध्येका (नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने बताउँदै आएका थिए । सत्ता साझेदार अर्को दल नेपाली कांग्रेस भने जसरी पनि एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउनुपर्ने अडानमा थियो ।

अन्ततः लामो रस्साकस्सीपछि सत्ता साझेदार दलबीच एमसीसी सम्झौतालाई १२ बुँदे व्याख्यात्मक घोणासहित अनुमोदन गर्ने सहमति भएको थियो र सदनबाट अनुमोदनसमेत भएको थियो । तर माओवादी केन्द्रमा एमसीसी सम्झौता अनुमोदन गरिए पनि यो विषयको बहस अझै सेलाएको छैन । विशेषगरी एमसीसी सम्झौताको कटु आलोचक पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २० गते भएको पार्टीको केन्द्रीय समितिको बैठकमा मौखिक असमति प्रकट गरेका थिए ।

त्यसअघि नै फागुन १८ गते पार्टीका नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी अध्यक्ष प्रचण्डविरुद्ध असहमति जनाउँदै पार्टी केन्द्रीय कार्यालयमा असहमति दर्ता गराएका थिए ।

उनीहरुले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै दर्ता गराएको असमतिको विषय यस्तो छ :

आदरणीय अध्यक्ष कमरेड

विषय: एमसीसी अनुमोदनका विषयमा असहमति

यही फागुन १५ गते सदनवाट ब्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको कुरा स्पष्ट गर्दछौं । उक्त दिन विहान अध्यक्षको निवास खुमलटारमा पूर्व स्थायी समितिका सदस्य तथा उपलब्ध प्रदेश इन्चार्जहरुवीच भएको अनौपचारिक छलफलमा अध्यक्ष कमरेडले राख्नु भएको उक्त प्रस्तावमा हामीले असहमति प्रकट गरेका थियौं । उक्त छलफल कुनै निश्चित पार्टी कमिटिको औपचारिक बैठक नभएकोले निर्णय पुस्तिका पठाउने र नोट अफ डिसेन्ट लेख्ने ब्यवस्था भएन ।

अतः एमसीसी अनुमोदनसम्वन्धी हाम्रो असहमति लिखित रुपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ज गरियोस् र आउँदो केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीरतापूर्वक समिक्षा गरियोस् भनी अनुरोध गर्दछौं । किनभने, एमसीसी सम्झौता आर्थिक साहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरुले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साक्षेदारीको अंग भन्नु र अमेरिकी अधिकारीले नै सम्झौतालाई संसदवाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दवाव दिनुले यो सम्झौताको पछाडीको सामरिक उदेश्यअनुरुप अन्तरनिहित रहेको यर्थाथता प्रष्ट हुन्छ ।

यस्तो सम्झौताबारे गहन छलफल र राष्टिय सहमति विना हतारमा सम्झौताको अंग बन्ने कुनै वैधानिक हैसियतको कुनै वाध्यकारी ब्यवस्था नरहेको १२ वुँदे ब्याख्यात्मक घोषणा नेपालको सार्वभौम अधिकार नै खण्डित हुने एमसीसी करार सम्झौतालाई सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन गम्भिर गल्ती भएको छ । यस प्रकरणको रणनीतिक विषयमा सदनबाट अनुमोदन पूर्व केन्द्रीय समितिको बैठक वसी निर्णय गरिनुपर्दथ्यो ।

त्यतिमात्रै होइन, संसदमा प्रतिपक्षले ६ महिनापूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसदको बैठक सञ्चालनसम्वन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एकैदिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरियो । अतः यी विषयमा पार्टीमा गम्भिरताका साथ आत्मसमिक्षा गरियोस् भनि अनुरोध गर्दछौं ।

धन्यवाद

कृष्णवहादुर महरा

लिलामणि पोखरेल

देव गुरुङ्ग

२०७८ फागुन १८