• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

थप ८८ जनामा कोरोना पुष्टि



काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६३८ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमित निको भएका छन् । 

सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।