• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   दोस्रो पटक विश्व कप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो ★   उपत्यकामा पेट्रोलियम पदार्थको अभाव- फोटो फिचर ★   सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिकाः प्रधानमन्त्री ★   पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा ★   नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउँछ- ऊर्जामन्त्री भुसाल (भिडियो सहित)



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको छ । 

सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको हो । उहाँले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताउनुभयो । मन्त्री भुसालले साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘भूगोल र जनता मात्रै देश हुँदैन, आफ्नो पहिचान भएको हुन्छ । पहिचान भनेको संस्कृति हो, ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण छ, गत भूकम्पले हाम्रा धेरै सम्पदाहरु ध्वस्त भएका थिए, यसको पुनर्निर्माणको प्रक्रियामा धेरै हामीले मंगलबजार दरवार स्क्वाएरमा भीमसेन, कृष्णमन्दिर लगायतका धेरै पुनः संरचना भए, बुङमति, रातो मच्छिन्द्रनाथको पुनः निर्माण हुँदैछ, यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदैछ, यसले हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावि सन्ततीलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो, यो पुनर्निर्माण हुने प्रक्रियाले सयौँ, सयौँ वर्षसम्म रहनेछ, यसको झन्डै ४ करोड रुपैयाँ बजेट लागत छ, भक्तालु, श्रद्धालु र सम्पदा प्रेमीहरुको सम्पन्न हुनेछ, यो ललितपुरवासी र नेपालीहरुको लागि नै गर्वको विषय हो, प्रदेश र संघीय सरकारबाट पनि सहयोग गर्नेछौँ ।’

मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गर्नुभयो ।