६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची बाढीपीडित सरोकार समन्वय समितिद्वारा मेलम्ची आयोजना बन्द गराउने चेतावनी



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरुको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । 

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानिपानी आयोजना प्रभावित तथा बाढीपिडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले मानविय भौतिक तथा नागरिहरुको जिवन निर्वाहको अनिवार्य साधनहरुको क्षति भएको भन्दै समस्या समाधान गर्न सरोकारवालाबाट कुनैपनि कदम नचालिनु दुःखद रहेको बताए । 

उनले २०७८/१०/२१ गते मेलम्ची आयोजनासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै २०७८/११/२२ गते बसेको स्थानीय सरोकार समुदाय एवंम सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकको निर्णय सहित बिभिन्न मागहरु सुनाएका थिए । 

१.मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमित रुपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम संचालन अन्तर्गत यस आर्थिक वषएको बजेट स्थानीय समितिहरुमा आउन दिलाई भईरहेकोले तत्काल उपलब्ध गराउन । 

२.मेलम्ची नदीमा आएको बाढीले ठूलो धानजनको क्षती पुर्याएको र आगामी वर्ष नदी किनारको वस्ती झनै जोखिममा रहेकोले नदीलाई पूरानै धारमा बगाउन , मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिर्याउन र तटिय क्षेत्रका जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागी आवश्यक बजेट तत्काल आयोजना बाट उपलब्ध गराउन । 

३.मेलम्ची र ईन्द्रावती नदी किनारका वस्ती तथा खेतियोग्य जमीन ठूलो मात्रामा कटान भएकोले सो क्षेत्रको जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आय आर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण। सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची ईन्द्रवति नदी करिडोर एकिकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घकालीन आयोजना नेपाल सरकारले तत्काल संचालन गर्न ।

४.मेलँची नदीको पानी काठमाडौं आएपछि मेलम्चीबासीले लेभी पाउने कुरा पटक पटक सहमति भई बिभिन्न अध्ययन भएर प्रकृया अघि बढेको तर, हालसम्म कुनै निर्णय भएको जानकारी प्राप्त नभएकोले तत्काल लेभि निर्धारण गर्न । 

५.आगामी वषाएमा सहज आवत जावत गर्न सहन हुने गरि सडक निर्माण कार्य तत्काल अघि बढाउन । 

६.मुहान क्षेत्रमा थुप्रीएका ढुंगा, माटोहरु निकालेर सुरक्षित ढंगले भण्डारण गर्न सहमति भएर पनि जथाभावी ढंगले राख्दा नदी किनारका वस्ती जोखिममा पर्ने भएकोले सुरक्षित भण्डारणमा भने जोडदार माग गररहेका छौं । 

कार्यक्रममा बोल्दै हेलब्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका वस्तीलाई संरक्षण गर्न सम्झौता भएपनि काम नभएको बताए । साथै, सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको आरोप लगाए । 

‘असार एक गते मेलम्ची खोलाको उत्गम स्थल हेमाथानबाट सुरु भएको बाढी पहिरोले तटिए क्षेत्रमा ब्यापक क्षति भएको छ । घर, जमिन, सार्वजनिक पुर्वाधार सबैठाउँमा क्षति पुगेको छ । राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानी योजनाको सुरुङमार्ग बाट निकालिएको कच्चा पदार्थ र अन्य इकुप्मेन्टबाट पनि तल्लो तटिए क्षेत्र त्यस क्षेत्रमा ब्यापक क्षति भयो । तर, अहिलेसम्म पनि समस्याको समाधान भएन’, उनले भने ।