१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

महिलाहरुले संचालन गर्ने उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने महिलामन्त्रीको प्रतिबद्धता (भिडियो)

महिलाहरुले संचालन गर्ने उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने महिलामन्त्रीको प्रतिबद्धता (भिडियो)
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि पनि उनीहरुले संचालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताउनु भएको हो ।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उहाँको कार्ययोजना थियो । त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिनु भयो । स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दो रहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको उल्लेख गर्दै उहाँले तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पार्नु भयो ।

मन्त्री रेग्मीले भन्नु भयो, ‘महिलाहरुले सुरु गरेका उद्योगहरुमा छुटको व्यवस्था गर्नुपर्छ । त्यसमा मैले अहिले सेनिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दो रहेछ । राजस्व लाग्दो रहेछ । त्यसकारणले म आउने वित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र खेलेर राजस्वमा पठाई सकेका छौं । त्यसका लागि आवश्यक कच्चा पदार्थ र मेसिन जस्ता बस्तुहरुमा कर लाग्नु हुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौं । र, अरु कुराहरुमा पनि महिलाहरुलाई उत्साह दिनका लागि, हौसला दिनका लागि महिलाहरुले गर्ने जुन उद्यमशीलता छ, उद्योग छ । त्यसमा चाँही यति प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ । त्यो गर्ने भनेको बजेट भाषणमा हो । र, त्यसको लागि म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री हुँ । अर्थ मन्त्रालयसँग, अर्थमन्त्रीसँग, प्रधानमन्त्रीसँग समेत लबिङ गरेर कसरी छुट दिन सकिन्छ, कति छुट दिन सकिन्छ ? भन्ने कुरा महिलाहरुलाई उद्यमी बनाउनका लागि छुट दिन सकिन्छ रु त्यसका लागि लबिङ गर्नेृछु । र, त्यो आगामी बजेटमा पार्न सक्दो कोसिस गर्नेछु ।’

मन्त्री रेग्मीले महिलाहरुलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न पटकपटक आग्रह गर्नु भयो । बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलाहरुलाई अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उहाँको तर्क थियो ।