६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा एक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले युट्युब च्यानलमार्फत भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

साइबर ब्यूरोले सेलेब नेपाल नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी भाम्रक समाचार सम्प्रेषण गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गुल्मी भनभने ९ का स्थायी ठेगाना भई बुटवल १३ रुपन्देही बस्दै आएका राहुल थापा रहेका छन् । 

थापालाई विद्युतीय कारोबार ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आइतबार पक्राउ गरी अदालतको आदेशले पाँच दिन म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।