
काठमाडौं । प्रहरीले युट्युब च्यानलमार्फत भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
साइबर ब्यूरोले सेलेब नेपाल नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी भाम्रक समाचार सम्प्रेषण गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मी भनभने ९ का स्थायी ठेगाना भई बुटवल १३ रुपन्देही बस्दै आएका राहुल थापा रहेका छन् ।
थापालाई विद्युतीय कारोबार ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आइतबार पक्राउ गरी अदालतको आदेशले पाँच दिन म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।