६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा चैत तेस्रो साता श्रीलंका जानुहुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्नुहुने भएको छ । 

उहाँ श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुहुने भएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिनुभयो । 

बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य छन् । 

सम्मेलनमा सातवटै देशका राष्ट्र तथा सरकार प्रमुखले सहभागिता जनाउनेछन् ।