• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका विप्लवका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा



सुर्खेत । सुर्खेतमा पनि आजको बन्दलाई सक्रिय बनाउन हिँडेका दुई जना व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । विप्लवका कार्यकर्ता रहेका उनीहरुलाई वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडे्ने क्रममा प्रहरीले नियन्ञणमा लिएको हो । 

प्रक्राउ पर्नेमा कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरूवा र वीरेन्द्रनगर(२ का २० वर्षीय दिनेश बोगटी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो ।