बागलुङ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण बागलुङ बजार सुनसान भएको छ । सुरक्षाकर्मीद्वारा सो क्षेत्रमा सुरक्षा दिँदै छन् । तस्वीरः खेमराज गौतम, रासस
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको कारण दमौलीमा रोकिएका सवारी साधन । तस्वीर : कृष्ण न्यौपाने, रासस
बन्दको विरोधमा व्यास नगरपालिका–५ स्थित नागरिक समाजले मंगलबार दमौली बजारमा निकालेको मोटरसाइकल र्याली । तस्वीर : कृष्ण न्यौपाने, रासस
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण सुनसान बनेको पोखराको महेन्द्रपुल । तस्वीर : कृष्ण दवाडी, रासस
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गर्दै नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको क्रममा महेन्द्रनगर बजारको मदन चोकमा सुरक्षा दिँदै सुरक्षाकर्मी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस