३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह



अ+ अ-

संयुक्त राष्ट्रसंंघ । संयुक्त राष्ट्रसंंघले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य संकट पर्न लागेको भन्दै सहयोगका लागि सो आग्रह गरेको हो । संयुक्त राष्ट्रसंंघले सोमालियामा अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र यो समस्या आगामी वर्ष झन् ठूलो संकटका रुपमा आउने बताएको छ ।

संयुक्त राष्ट्रसंंघले अहिले पनि विद्यमान रहेको समस्या दिन प्रतिदिन बढ्दै गएको देखिएको हो । सोमालियामा अवस्थित संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे यो जानकारी गराएको हो । मानवीय सहायतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ९ओसिएचए० ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा खाद्यान्न अभावनको समस्या झन् बढ्ने जनाएको छ ।

सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ । लामो समयसम्म खडेरी परेका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

त्यसैले यहाँ खाद्यान्न सहयोग गर्न सो राष्ट्रसंघीय निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह गरेको हो। सो निकायले यहाँको अवस्था निकै गम्भीर बन्दै गएको भन्दै तत्कालै खाद्यान्न आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको हो । (रासस-सिन्ह्वा)