१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुन्छ – परराष्ट्रमन्त्री

नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुन्छ – परराष्ट्रमन्त्री
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताउनु भएको छ । 

परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिनु भएको हो । तर भ्रमण कसको हुने भन्ने कुरा चाँही समय आएपछि मात्रै जानकारी गराउने उहाँको भनाई थियो । मन्त्री खड्काले खास समय आएपछि सो उच्चस्तरीय भ्रमणबारे पत्रकारहरुलाई आफूले जानकारी गराउने पनि स्पष्ट पार्नु भयो । चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र त्यो छिट्टै खुल्ने विश्वास समेत उहाँले व्यक्त गर्नु भयो । 

चीनका विदेशमन्त्री वाडसँग सो नाका खुलाउनका लागि करिव १ घण्टा टेलिफोन संवाद आफूले गरेको उल्लेख गर्दै उहाँले दुवै देशको हितका लागि पनि सो नाका खुलाउन ढिलाई गर्न नहुने बताउनु भयो । मन्त्री खड्काले भन्नु भयो, ‘उच्चस्तरीय भ्रमणमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीकै हुन्छ । त्यो चाँही समय आएपछि यहाँहरुलाई जानकारी हुन्छ नै । अहिलेनै भन्दा पनि त्यसलाई खास समयमा हामीहरुले यहाँहरुलाई जानकारी गराउनेनै छौं । उत्तरी नाका खोल्न पहल गरिराखेका छौं । चीनका विदेश मन्त्री वाङसँग सोही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको छ ।  चिनिया राजदुतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन । दुवै देशको हितमा भएकाले सो नाका छिट्टै खुल्ने विश्वास लिएका छौं ।’

मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने बताउनु भयो । उहाँले ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको दावी समेत गर्नु भयो । युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भईरहेका बेला मन्त्री खड्काले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरुको सार्वभौमिकता र संयुक्त राष्ट्र संघको वडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले सो सम्बन्धमा वक्तव्य जारी गरेको स्पष्ट पार्नु भयो । 

उहाँले भन्नु भयो, ‘खास गरेर एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि जुनखालको हमला भयो । यसले विश्व शान्ति खल्बलियो । संयुक्त राष्ट्र संघको बडापत्र बमोजिम एउटा सदस्य राष्ट्र हौं । र, यसले ठूला–साना देशको सम्बन्धलाई खल्बल्याउने भएको हुनाले संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै, हामीहरुले वक्तव्य पनि जारी ग¥यौं । र, त्यो असंलग्न परराष्ट्र नीतिकै एउटा पाटो हो । सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसावले, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तराष्ट्रिय कानुनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको हो ।’

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रिक्त रहेका राजदुतहरुको नियुक्तीमा ढिलाई नहुने बताएको छ । मन्त्री खड्काले विभिन्न देशमा रिक्त रहेका राजदुतहरुको नियुक्ती छिटोभन्दा छिटो हुने बताउनु भयो । उहाँले एमसीसी वा सत्तागठबन्धनका कारण राजदुत नियुक्तीहरुमा ढिलाई भएको स्विकार गर्दै अव त्यसो नहुने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री खड्काले संयुक्त राष्ट्र संघ संघको सम्बन्धलाई अझ सुदृढ बनाएको, ५३३ जना नेपालीलाई युक्रेनबाट अन्य मुलुकमा पठाएको, नेपालले पनि विपत्तिमा परेका बेला अन्य राष्ट्रहरुलाई सहयोग गर्न सक्छ भन्ने उदाहरण अफगानिस्तानमा राहत सामग्री पठाएर पुष्टि गरेकोलगायतका कार्यहरु आफ्नो कार्यकालमा भएको पनि बताउनुभयो ।